नेपालका संसदीय नेताहरु अमेरिकी खेताला 

नेपालका संसदीय नेताहरु अमेरिकी साम्राज्यवादका खेताला हुन् , हली – गोठाला हुन् । कसरी उनीहरू अमेरिकी साम्राज्यवादका खेताला  हली – गोठाला हुन् भन्ने बारेमा तल संक्षेपमा बताउँने कोसिस गर्ने छु ।
               
 
 
 
अहिले नेपालमा संसदीय व्यवस्था चलिरहेको छ । यो संसदीय व्यवस्था साम्राज्यवादीमा गिररिसको पुँजीवादीहरुले सञ्चालन गर्दै आएको सढेगलेको व्यवस्था हो  ।
 
 
 
 
तर  आज आएर साम्राज्यवाद र विस्तारवादका सच्चा दलाल नेपालका संसदीय व्यवस्था अंगाल्दै आएका दलालहरुले यस संसदीय व्यवस्थालाई  संसारकै उत्कृष्ट व्यवस्था हो भन्दै आएका छन् । 
       
 
 
 
नेपालमा सञ्चालन भइरहेको यो संसदीय व्यवस्थालाई नेपालका संसदीय राजनीतिक दलहरू र तिनका नेताहरुले चलाइरहेका छैनन् ।
 
 
 
 
नेपालमा संसदीय व्यवस्था साम्राज्यवादीहरु , विस्तारवादीहरु र प्रभुत्ववादीहरुको आडभरोसा , योजना , निर्देशन र ग्राण्डडिजाइनमा चल्दै आएको छ । 
   
 
 
 
 
  खासमा नेपालमा संसदीय व्यवस्था अमेरिकी साम्राज्यवादको आडभरोसा , योजना , निर्देशन र ग्राण्डडिजाइनमा चल्दै आएको छ ।
 
 
 
यहाँ भारतीय विस्तारवादको योजना , निर्देशन र ग्राण्डडिजाइनमा चल्दै नआएको पनि होइन , तर भारत पनि अमेरिकी साम्राज्यवादकै छातामुनि चल्दै आएको छ । भारतीय शासकहरुको मालिक पनि अमेरिकी साम्राज्यवाद नै हो ।
 
 
 
 
अहिले त भारतले अमेरिकासित सैनिक सहयोग संझौता समेत गरिसकेको छ । त्यसैले भारत अमेरिकी साम्राज्यवादको दलाल तथा कठपुतली सरकार हो । लगभग उसकै इसारामा चल्छ ।
 
 
 
 
त्यसो भएरै महान् दस वर्षे जनयुद्धको समयमा नेपाली सशस्त्र जनयुद्धलाई समाप्त पार्ने भनेर तत्कालीन भारतीय शासकहरुको अनुरोधमा अमेरिकाले नाइटभिजन हेलिकप्टर पठाएको थियो र रातमा माओवादीहरुलाई मास्नका लागि अमेरिकीहरूले नेपाली आकाशबाट गोलाबारुद गरेको थियोे । 
   
 
 
 
 
त्यतिबेला संसदीय पार्टीहरु नेपाली काँग्रेस र एमालेको मिलोमतोमा अमेरिकी नाइटभिजन हेलिकप्टरहरु मगाएका थिए । 
   
 
 
 
नेपालका संसदीय पार्टीहरु र संसदीय नेताहरु अमेरिकी खेताला हुन् भन्ने कुरा आज आएर आम नेपाली जनताले व्यापक विरोध गरिरहेको अवस्थामा पनि MCC जस्तो घोर राष्ट्रघाति संझौौता संसदबाट पारित गराउन मरिहत्ते गरिरहेका छन् ।
     
 
 
 
 
संसदीय पार्टीहरु र संसदीय नेताहरु अमेरिकी साम्राज्यवादका असली खेताला हुन् भन्ने कुरा यो कुराबाट पुष्टि हुन्छ कि नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री नियुक्त हुने बित्तिकै अमेरिकी राजदूत देउवालाई बधाई दिन देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।    
     
 
 
 
 
त्यसको केही दिन पछि अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर MCC संझौतालाई छिटै नेपालको संसदबाट पारित गर्न निर्देशन जारी गरेको थियो ।
 
 
 
 
 
संसदीयहरुले जनताको सार्वभौम निकाए भनिएको संसदलाई अमेरिकाले सोझै आदेश निर्देश गर्नुले अमेरिकीहरूका नेपाली संसदीय खेतालाहरु कति निरह , दास र दलाल हुन् भन्ने कुराको प्रमाणित गरिदिएको छ ।
   
 
 
 
 
 त्यस लगत्तै नेपाली काँग्रेसको दलाल सरकारको केही दिन पहिले बसेको मन्त्री परिषदको बैठकले अमेरिकी  MCC  संझौता संसदबाट छिटै पारित गर्ने निर्णय भएको सूचना देउवा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सुनाएका थिए । र शायद छिटै संसदमा प्रस्ताव टेबुल गर्दै छ दलाल देउवा सरकारले ।
   
 
 
 
 
देशभक्त , जनवादी तथा प्रगतिशील जनसमुदाय राष्ट्रिय युध्दको लडाइँ लड्न तयार हुनुपर्ने बेला आइसकेको छ ।
 
 
 
 
यिनै शेर बहादुर देउवा प्रधानमन्त्री भएका बेला तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले २०७४ साल भदौ २९ गते संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डि सिमा गएरघोर राष्ट्रघाति अमेरिकी MCC संझौतामा हस्ताक्षर गरेका थिए ।
 
 
 
अहिले उनै अमेरिकी खेताला ज्ञानेन्द्र बहादुर कार्कीलाई देउवा सरकारले प्रवक्ता बनाएको छ ।
 
 
 
 
 
जनता राष्ट्रियता सम्बन्धि लडाइँ लड्न आ- आफ्नो ठाउँबाट तयार नहुने हो भने घोर राष्ट्रघाति अमेरिकी MCC संझौता छिटै संसदबाट पारित भएर कार्यान्वयनमा आउँदै छ ।
 
 
 
 
किनभने नेपाली काँग्रेस , एमाले , माके लगायतका संसदीय पार्टी र उनका संसदीय नेताहरु यस राष्ट्रघाति संझौता संसदबाट पारित गर्न पहिलेदेखि नै तयार रहदै आएका छन् ।
 
 
 
सत्ताको लुछाचुँडिले गर्दा मात्रै अल्झिएको हो ।  अब बाटो खुला भइसकेको छ उनीहरूका लागि ।
 
 
 
( लेखक माक्र्सवादी राजनीतिक विश्लेषक हुन् ) ।