चीनले थप ६० लाख खोप खरिदबाटै दिने

काठमाडौं। चीनले थप ६० लाख डोज कोभिड १९ विरुद्धको खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनले खरिद प्रक्रियाबाटै सो खोप दिन तयार भएको हो।

 

 

स्वास्थ्य तथा जनसंख्या सचिव डा। रोशन पोखरेलका अनुसार यीसहित चीनले नेपालका लागि १ करोड ४४ लाख खोप दिनेछ। यी खोपमध्येमा १ करोड २० लाख खरिद प्रक्रियाअन्गर्तत र ३४ लाख अनुदान स्वरुप दिनेछ।

 

 

दुई महिनाअघि घोषणा गरेको ५० लाख डोज खोप चीनले नेपाललाई पठाइसकेको र अनुदानको रुपमा दिने थप १६ लाख खोप दिने क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए।

 

 

‘चीनले आवश्यक थप खोप दिने भएको छ, यो हिसाबले नेपालले सन् २०२१ भित्रै धेरै जनसंख्यालाई खोप लगाइसक्नेछ,’ उनले भने।

 

 

थप ६० लाख खोप नेपालालाई उपलब्ध गराएमा चीन नेपाललाई सबैभन्दा बढी खोप दिने राष्ट्रहरूमै पहिलो राष्ट्र हुनेछ। विवरणअनुसार चीनले अनुदान स्वरुप ३४ लाख खोप दिएको छ भने भारतले ११ लाख डोज खोप दिएको छ ।

 

 

 

त्यसैगरी अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख ३४ हजार डोज, जापानले १६ लाख खोप, विश्व स्वास्थ्य संगठनले कोभ्याक्स सुविधाअन्गर्तत ३ लाख २४ हजार डोज खोप दिइसकेका छन्।

 

 

त्यसबाहेक नेपालले भारतबाट १० लाख डोज खोप कोभिसिल्ड खोप खरिद प्रक्रियाबाट दिएको छ।

 

 

 

कोभ्याक्स सुविधाअन्तर्गत २० प्रतिशतलाई खोप उपलब्ध गराउनेछ। यसअन्तर्गत अहिलेसम्म १९ लाख २४ हजार डोज खोप आइसकेको छ भने थप १६ लाख जापानबाट आउने घोषणा भइसकेको छ।

 

 

अन्य खोप पनि आउने क्रममा रहेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा। झलक गौतमले बताए ।

 

 

चीन तथा कोभ्याक्स सुविधाअन्तर्गत खोप आएमा नेपालले सन् २०२१ भित्रै ५० प्रतिशत वा एकतिहाइ जनसंख्यालाई नेपालले खोप दिइसक्ने स्थिति रहेको कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समितिका संयोजक डा.श्यामराज उप्रेतीले बताए।

 

 

 

डा.गौतमका अनुसार खोप उपलब्धताको आधारमा अभियान सञ्चालन हुँदै जानेछ। त्यो हिसाबले आगामी चैतभित्रमा सबैजसो जनसंख्याले खोप लगाइसक्ने स्थिति देखिको बताए ।नागरिक दैनिकमा खबर छ।