ललितपुरमा ४५ वर्षमाथिका सबैलाई आजदेखि तीन दिनसम्म भेरोसेल खोप लगाइने

काठमाडौं । ललितपुर महानगरपालिकाले आजबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउने तयारी गरेको छ । महानगरले तीन दिन सम्म महानगरपालिका भित्रका ४५ वर्षमाथिका सबै नागरीकलाई खोप लगाइने तयारी थालेको हो ।

 

खोप कार्यक्रम २९ वटै वडामा सञ्चालन हुने महानगरले जानकारी दिएको छ । खोप लगाउन आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ ।

 

साथै, भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको भोलिपल्ट यही साउन १८ गते सोमबारदेखि जोनसन एण्ड जोनसन कम्पनीको जान्सेन एण्ड जान्सेन खोप लगाउने कार्यक्रम सुरु गरिने महानगरपालिकाले जनाएको छ ।

 

बुधबारदेखि कठमाडौँ महानगरपालिकाले भेरोसेल खोप लगाउन थालीसकेको छ ।