२७ करोडको विराबगर जलविद्युत आयोजना दुई वर्षदेखि अलपत्र

मुगु । मुगु जिल्लाको खत्याड गाउँपालिका – ११ मा २७ करोडको परियोजना निमार्णधिन विराबगर जलविधुत आयोजना दुई वर्षदेखि अलपत्र परेको छ । कोरोना महामारीको कारणा देखाउदैँ १८ महिनामा सम्पन्न हुनु पर्ने जलविद्युत आयोजना ३३ महिना भई सक्दा पनि कुनै काम हुन सकेको छैन् ।

 

निमार्णधिन विराबगर जलविद्युत आयोजनाको काम गर्ने ठेक्का मेगा फेवा जेभि कम्पनीले जिम्मा लिएको थियो । सो कम्पनीले अहिले विभिन्न कारणा देखाउदै काम गर्न ढिला गरि रहेको छ ।

 

त्यहाँका स्थानियहरू विद्युत आउने आसमा बसेको स्थानिय युवा विर बहादुर रावतले जानकारी दिए । वर्षैदेखि अध्यारोमा रात बिताइ रहेका खत्याड गाउँपालिका नागरिक बत्ति आउने पर्खाइ्मा छन् । तर, ठेकेदारले आजभोली नै गाउँमा बत्ति आउने आसवासन मात्र दिने गरेको स्थानियहरूले बताए ।

स्थानिय युवा विर बहादुर रावत भन्छन्, ‘हामीले गाउँमा बिजुली आउछ र केहि राहत पाउछौँ कि भन्ने आस गरेका थियौँ । त्यो पनि पुरा होला जस्तो मलाई लाग्दैन् । अहिले हामी पढ्नको लागि दाउरा र टुक्कीको भर पर्नु परेको छ । यसो हेर्दा कहिले काहीँ त गाउँको अवस्था देख्दा पनि मलाई  दुःख लागेर आउछ । हामी युवाहरूले बिजुली कै अभावले गाउँ घरमा व्यावसाय गरेर खाउ भने पनि त्यो अवस्था छैन् ।’

त्यहाँका जनप्रतिनिधिहरू किन चुप लागेर बसेका छन् त्यसको जवाफ हामी युवाहरूले बुझ्न चाहेको रावतको प्रश्र थियो ।

 

 मुगु जिल्लाको खत्याड गाँउपालिकाका बस्ती र छिमेकी जिल्ला बाजुराका केही बस्तीलाई लक्षित गरी २०७६ साल असोजबाट निर्माण कार्य सुरु गरिएको थियो ।