एन्फाको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को केन्द्रीय कार्यसमितिको बैठक आज अपराह्न चार बजे बस्दैछ । एन्फा कम्प्लेक्समा बस्न लागेको उक्त बैठकले पछिल्लो एन्फा विवाद सुल्झाउने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

 

पछिल्लो दुई सातायता एन्फाभित्र विवाद चर्किएको छ । एक साताअघि मात्र एन्फाको होस्टल व्यवस्थापन समितिबाट राजीनामा आएको थियो । यस्तै टेक्निकल समितिका कुशल थापाले पनि राजीनामा दिएका थिए ।

 

एन्फाको पछिल्लो विवाद भने निकै चर्चित बन्यो । विवाद हो, प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङबीचको । अलमुताइरीको वरिष्ठ उपाध्यक्ष नेम्वाङमाथि आरोप लगाउँदै राजीनामाको घोषणा गरेपछि एन्फा सोही विवाद सुल्झाउन लागिपरेको छ ।

 

मुख्य प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट आफूले राजीनामा दिने घोषणा गरेका थिए ।