थप ३ हजार ६११ जना कोरोना संक्रमित, २७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ । शुक्रबारमात्रै देशभर थप ३ हजार ६११ जना कोरोना संक्रमित थपिएका छन् ।

 

९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन् ।