३३ किलो सुनकाण्डमा संलग्न,थप एकजना पक्राउ

काठमाडौं। प्रहरीले ३३ किलो सुनकाण्डमा संलग्न थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार रहेका ‘भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारी रहेका छन् ।

 

 

 

उनलाई नयाँबानेश्वरबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए।

 

 

मोरङको गौरादह नगरपालिका–८ घर भएका भण्डारी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार थिए। ​