भारतीय सीमा सुरक्षा बल एसएसबीको अपराधिक कार्यको विरोध गर्दै देजमोका अध्यक्ष सीपी गजुरेलद्धरा विज्ञप्ति जारी

काठमाडौं। देशभक्त जनगणतान्त्रिक माेर्चा नेपालका अध्यक्ष सीपी गजुरेलद्धारा यही श्रावण १५ गते व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३० वर्षीय जयसिंह धामीलाइ भारतीय सुरक्षाकर्मीले उक्त घटना घटाएकाे प्रति माेर्चाले विज्ञप्ति प्रकाशित गरेर विराेध जनाएकाे छ। 

 

 

भारतको पिथौरागढस्थित पांगल जाने सिलसिलामा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतको सीमा सुरक्षा बलले तुइनको डोरी झिकिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए,उक्त घटनाकाे सत्य तथ्य छानविन गरि दाेषी माथि कडाभन्दा कडा कारबाहीकाे माग गरिएकाे छ।   

 

 

 घटना दार्चुलाको व्यास–२ मालघाटमा नेपाल–भारत सीमा नदी माथिको तुइन शुक्रबार एसएसबीले फुकाल्दा ३० वर्षीय धामी बेपत्ता भएका थिए ।

 

 

यही घटनालाई लिएर देजमो नोपलका अध्यक्ष सीपी गजुरेलद्वारा विज्ञप्ति प्रकाशित गर्दै उक्त घटनाको अविलम्ब छानविन गरी अपराधीलाई कारवाही गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

 

विज्ञप्तिको पूर्ण पाठ-  

यही साउन १५ गते बिहान साढे ८ बजे दार्चुला जिल्लाको व्यास गाउँपालिका, वडा नं. २, मालघाटबाट सोही स्थान निवासी ३० वर्षीय जयसिंह धामी भारतको पिथौरागढस्थित पांगल जाने सिलसिलामा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतको सीमा सुरक्षा बलले तुइनको डोरी झिकिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएको भन्ने समाचार आइरहेका छन् । यो घटनाको अविलम्ब छानविन गरी अपराधीलाई कडाभन्दा कडा कारवाही गर्न÷गराउन हामी सरकारसँग जोडदार माग गर्दछौं ।