सीमा क्षेत्रमा भारतीय एसएसबीको दादागिरी, ट्वीटरमा मोदीको दोस्ती

काठमाडौं। नेपाल भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुले नेपाली जनतामाथि गर्ने दमन र अत्याचार अझै घट्न सकेको छैन् ।

 

यसैको पछिल्लो उदाहरण हो दार्चुलाको घटना । दार्चुलामा महाकाली नदी तर्न तुइन चढेको नेपाली नागरिक वेपत्ता भएका छन् ।

 

 

 

भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काट्दा उनी नदीमा खसेका हुन् । अहिले पनि उनको अवस्था अज्ञात रहेको छ । दार्चुलाको घटना त ताजा घटना मात्रै हो यस्ता ज्यादतीका घटनाहरु सीमा क्षेत्रमा हरेक दिन घट्ने गरेका छन् ।

 

 

 

सीमा क्षेत्रमा घट्ने हरेक घटनाहरु प्रति नेपाल भारतको राज्य संयन्त्र भने अनविज्ञ जस्तै बन्दै गएको छ । सामाजिक सञ्जालमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नेपाल सुख, दुःखको साथी’ भएको बताएका छन् ।

 

 

दार्चुलामा एसएसबीले तुइन काटेको घटनाको विरोधका बीच मोदीको उक्त अभिव्यक्ति आएको हो ।

 

 

शनिबार उनले ट्वीटरमा भनेका नेपालसहित भुटान, माल्दिभ्स, मरिसस भारतको छिमेकी मुलुक मात्र नभएर आफूहरुको सोच र सामाजिक रीतिरिवाजमा पनि धेरै समानता रहेको उल्लेख गरेका छन् ।

 

 

छिमेकी मुलुकहरुमा आइपर्ने आपत्–विपत्मा सबैभन्दा पहिला आफूहरुले नै एकार्कोलाई मद्दत गर्ने गरेको उनले बताएका छन् ।