साताको पहिलो दिन आज यस्तो छ सुनको मुल्य

काठमाडौँ । नेपाली बजारमा आज साताको पहिलो दिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा ओरालो लागेको छ ।

 

शुक्रबार नेपाली बजारमा तोलाको ९२ हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले कमि आएको हो । शनिबार सुनचाँदीको मूल्य निर्धारण हुँदैन । शुक्रबार कायम भएको मूल्यमा नै शनिबार पनि कारोबार हुने गरेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९२ हजार ४०० र तेजावी सुनको मूल्य तोलाको ९१ हजार ९०० निर्धारण भएको छ ।

 

सुनको मूल्य घटेतापनि चाँदीको मूल्यमा भने केही परिवर्तन भएको छैन । शुक्रबार देखि नै चाँदीको मूल्य तोलाको १ हजार २८५ मा कारोबार भइसकेको महासंघले जनाएको छ ।