अर्थ सचिव शिशिर ढुंगानाको प्रधामन्त्री कार्यालयमा सरूवा

काठमाडौँ । अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरूवा गरिएको छ। उनको ठाउँमा मधु कुमार मरासिनी आएका छन् । मरासिनी यसअघि महालेखा नियन्त्रक रहेका थिए ।

 

अर्थ मन्त्रालय स्रोतका अनुसार आजमात्रै ढुंगानाले सरुवाको पत्र बुझेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका उनी लामो समयदेखि अर्थ सचिवको रुपमा कार्यरत रहेका थिए ।

 

हालै बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो ।