वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, ४ जना घाइते

काठमाडौँ । वीर अस्पतालमा भैरहेको प्रदर्शनमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीको लाठ्ठीचार्जबाट चार जना प्रदर्शनकारी घाइते भएका छन् ।

 

सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरी डा। गौतमलाई प्रमुख नियुक्त गरिसकेपछि अस्पतालमा केही सुधार नभएको बरू आर्थिक अनियमितता भएको भन्दै त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका हुन् ।

 

प्रदर्शनमा उत्रिएका कर्मचारी र र स्वास्थ्यकर्मीहरूले विगत आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको बताइरहेका छन् ।

 

आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको कर्मचारीहरूको गुनासो छ ।