एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । समोबार दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो ।

 

 

बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

 

 

एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे बैठकमा छलफल हुनेछ ।