एन्फा प्रवक्ता किरण राईले दिए राजीनामा

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले प्रवक्ताको पदबाट राजीनामा दिएका छन् । सोमबार एन्फाका केन्द्रीय सदस्यसमेत रहेका प्रवक्ता राईले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका हुन् ।

 

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङको विवादलाई लिएर नै राजीनामा दिएको राईले जानकारी दिए ।