दार्चुला घटनाबाट के पाठ सिक्नु भो माननीयज्यू ?

जयन्ती बडुवाल ।  नेपालमा आज भन्दा चार वर्ष अघि पहिलोपटक प्रधानमन्त्री नियुक्त भएपछि केपी ओलीले देशभर दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए ।

 

दुई वर्षभित्र तुइन विस्थापनको घोषणा गरेका ओली लगभग चार वर्ष प्रधानमन्त्री भएपनि त्यो भाषण र उखान-टुक्कामा मात्रै सीमित राखेर बालुवाटारबाट बिदाइ भए । यसरी हेर्दा चार वर्ष  शासन गरेका ओलीले काम भन्दा आफ्नो पद कसरी जोगाउने भन्ने कुरामा बढि समय खर्चेको देखिन्छ ।

 

संसद्मा आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २ जेठ ०७७ मा तुइनमा हुने आवागमन अन्त्य गर्ने सरकारको प्रतिबद्धता पूरा भएको जानकारी दिने राष्ट्रपति विद्यादेवी भण्डारीले दार्जुला घटनाबाट के बुझ्नु भो ? राष्ट्रपतिज्यु सितलनिवास भित्रबाट हेर्ने तुइन र बाहिरबाट प्रत्यक्ष रूपमा हेर्ने तुइनमा आकाश पातलको फरक हुन्छ ?

 

दार्चुला घटनाले निवर्तमान प्रधानमन्त्री,वर्तमान प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भाषण गर्दा र काम गर्दाको परिमाण कस्तो हुन्छ भन्ने कुरा बुझाउछ कि ? तथापि, यो घटनाबाट पाठ सिकेर भाषण भन्दा काममा ध्यान दिनु पर्यो माननीयज्यू ?

 

 

साउन १५ गते दार्चुलामा व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा तुइनबाट खसेर ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको घटनाले माननियहरूलाई कति छोयो ? त्यो त पछि समयले बताउछ । यो घटनाले निवर्तमान प्रधानमन्त्री,वर्तमान प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भाषण गर्दा र काम गर्दाको परिमाण कस्तो हुन्छ भन्ने कुरा बुझाउछ कि ? तथापि, यो घटनाबाट पाठ सिकेर भाषण भन्दा काममा ध्यान दिनु पर्यो माननीयज्यू ?

 

 

आज पिडितहरूको आवाज लिएर सडकमा आउने नेताहरू नै होइनन् , भोली यस्ता घटनाको व्यवास्था गर्ने ? जब कुनै व्यक्ति एउटा पहुचमा पुग्छ नि तब उसले हिजोका सबै घटनालाई व्यवास्था गर्दै आफ्नो पदको लागी रातदिन नभनेर पद जोगाउने बाटो तिर उ हिडेको हुन्छ । त्यसकै प्रतिनिधीपात्र अहिलेका नेताहरू हुन् ।

 

 

हिजो जनताको आवाजलाई लिएर २०४६/०४७ , ०६२/६३ सालमा जन-आन्दोलन गरेका नेताहरू आज भाषणमा मात्रै समय र्खचीरहेका छन् ।