मुख्य प्रशिक्षक अल्मुताइरीले मागे सार्वजनिक रूपमा माफी

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । आफ्नो अभिव्यक्तिलाई लिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् ।

 

उनले साउन १० गते अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिएका थिए ।