आज थप ३ हजार १२५ जना कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

 काठमाडौँ ।  आज देशभर थप ३ हजार १२५ जना कोरोना भाइसर संक्रमण पुष्टि भएको छ ।

 

पछिल्लो २४ घण्टामा १० हजार ६१३ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २७९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार १९८ गर्दा ८४६ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकरी दिएको छ ।

 

पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना कोरोनाबाट मुक्त भएका छन्। थप २३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ पुगेको छ।