सोमबार सेयर बजार परिसूचक नेप्से ४.०६ अङ्कले बढ्यो

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ४.०६ अङ्कले बढेर ३ हजार ८५.०७ विन्दुमा उक्लिएको छ । गत आइतबार झिनो ९१.२५० अङ्कले मात्र बढेको बजारमा सोमबार माइक्रो फाइनान्स समूह चम्किदा ४ अङ्क माथिको सुधार भएको हो ।

 

त्यसो त यस दिन माइक्रो फाइनान्स समूहको मात्र सेयर मूल्य २.२२ प्रतिशतले वृद्धि भएको छ भने, यस दिन कारोबार रकम समेत ११ अर्ब हाराहारीमा भएको छ ।

 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस दिन कुल २२६ कम्पनीका २ करोड १८ लाख कित्ता माथिको सेयर बजारमा एक लाख पटक माथि किनबेच हुँदा १० अर्ब ९८ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।

 

गत आइतबार १.२५ अङ्कले बढेको बजारमा १२ अर्ब १० करोड माथिको कारोबार भएको थियो ।