सत्ता गठबन्धनको बैठक सकियो,भयो यस्तो सहमति

काठमाडौैं। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिमण्डल विस्तारका लागि केही समय कुर्ने सहमति गरेको हो ।

 

 

 

सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछिमात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।

 

 

 

मंगलबारसम्ममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बैठकपछि कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले बताएका छन् । बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालय भागवण्डा र सरकारका न्यूनतम कार्यक्रमका बारेमा छलफल भएको थियो।

 

 

 

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष यादव सहभागी थिए । नेपाल पक्ष भने आजको बैठकमा सहभागी थिएन् ।