सर्वोच्चले गर्यो ओलीको पक्षमा फैसला,यस्तो छ,निर्णय

काठमाडौं। सर्वोच्च अदालतले नेकपा एमाले कर्णालीका ४ सांसदहरुमाथि गरिएको कारवाही वैधानिक रहेको ठहर गरेको छ ।

 

 

कर्णालीमा एमालेका ४ सांसदले फ्लोर क्रस गरी माओवादी सरकार जोगाउन भूमिका खेलेका थिए । एमालेले ४ जनामाथि नै कारवाही गरेको भएपनि सर्वोच्चले कारवाही बदर गरेको थियो । पछि एमाले भ्याकेट लिएर अदालत पुगेको थियो ।

 

 

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासमा आज भएको सुनुवाइपछि अदालतले आफैं समावेश भएको संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एबम् संस्कार र मान्यता अनुकुल नभएको ठहर गरेको छ ।

 

 

 

 

नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन अनुकुल समेत मान्न नसकिने भन्दै एमालेले प्रदेश सभा सदस्यहरु प्रकाश ज्वाला,अम्बर थापा,कुर्मराज शाही र नन्दसिंह बुढामाथि गरेको कारवाही र सांसदबाट प्रदेशसभाले गरेको पदमुक्तिलाई सदर गरेको छ ।

 

 

 

इजलासले यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतले पुनर्वहालीका लागि दिएको अन्तरिम आदेश खारेज गरेको छ । सो अन्तरिम आदेशविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओली भ्याकेटमा गएका थिए ।