ओलम्पिकमा भाग लिन गएकी खेलाडीले मागिन शरण

काठमाडौं। ओलम्पिकमा भाग लिन टोकियोमा रहेकी बेलारुसकी धाविका क्रिष्टिना सिमनोउसकायाले टोकियोस्थित पोल्याण्डको दूतावासमा प्रवेश गरी शरण मागेकी छन्।

 

 

प्रशिक्षकको आलोचना गरेपछि उनलाई बेलारुसको ओलम्पिक टिमले टोलीबाट निकालेर जबरजस्ती बेलारुस फर्काउन खोजिएको थियो। उनी बेलारुस फर्कन विमानमा चढ्न नमानेपछि उनलाई जापानको प्रहरीले सहयोग गरेको थियो।

 

 

उनले आफूलाई बेलारुस फर्काउने प्रयासमा हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई आग्रह गरेकी थिइन्।

 

 

बेलारुसकी धाविका क्रिष्टिनाले आफ्ना केही साथीलाई ओलम्पिकमा प्रतिस्पर्धा गर्न अयोग्य हुँदाहुँदै पनि छोटो सूचनामै सहभागी गराएकोमा प्रशिक्षकको आलोचना गरेकी थिइन्।

 

 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले क्रिष्टिना सुरक्षित भएको जनाएको छ। पोल्याण्डको विदेश मन्त्रालयका अधिकारीले खेलाडीलाई मानवअधिकारको आधारमा भिसा उपलब्ध गराएको जानकारी दिएको छ।