माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड, ओलीले पनि भेट्ने तयारी

काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका छन्। यस्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि नेता नेपाललाई आजै भेटवार्ता गर्ने तयारी छ ।

 

आज बिहान उनीहरूबीच कोटेश्वरमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ। उनीहरू कोटेश्वर खरिबोटस्थित नेपालनिकट नेता पार्वती थापाको घरमा भेटवार्ता भएको हो।

 

 

अध्यक्ष प्रचण्ड र नेता नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ। उनीहरूले आज बिहान करिब एक घन्टा कुराकानी गरेका थिए।

 

सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा नेता नेपाल उपस्थित थिएनन्। नेता नेपालसहित एमालेका २२ सांसदले गत साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। नेपाल पक्ष सरकारमा जाने वा नजाने यकिन भइसकेको छैन।