ओली सरकारको जनविरोधी निर्णय वर्तमान सरकारले खारेज गर्नुपर्छः रामकुमारी झाँकी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने बताएकी छन् ।

 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेतृ झाँक्रीले भनिन्, ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन । पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ ।’

 

जनविरोधी निर्णयको एउटा उदाहरण झापाको हदबन्दी बन्दा बढी विक्री गर्ने सरकारले निर्णय भएको उनले बताइन् । उनले सो निर्णय खारेजीको माग गर्दै झापाबाट एक प्रतिनिधि मण्डल नै काठमाडौं आएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । यस्तै उनले दार्चुला घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराइन् ।