आज दिउँसो बागमती प्रदेशसहित यी छ प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ।

 

 

 

हाल मौसमको अवस्था देशका अधिकांस भूभागमा सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमाती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि जिल्लाहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

 

 

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुतथा गण्डकी, लुम्विनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहीप्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुतथा गण्डकी, लुम्विनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

 

 

 

त्यस्तै पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।