संसद विघटनमा ओली मात्रै जिम्मेवार होइनन् : नारायणकाजी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताएका छन् । उनले एक वा अर्को रुपमा त्यस अगाडिका सरकार र नेताहरु पनि जिम्मेवार रहेको बताए ।

 

राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्रवक्ता श्रेष्ठले भने, ‘यो मुलुकको यो बेहालका निम्ति त्यो प्रवृत्तिका बाहक उहाँ मात्रै ९केपी ओली मात्रै० जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए ।’

 

उनले नेपाली राजनीतिमा केही अघिसम्म देखिएको राजनीतिक संकटले सकारात्मक निकास पाएको चर्चा पनि गरे । निरंकुश राजतन्त्र अन्त्यपछि त्यतिबेला शक्तिमा रहेका संस्थाहरु अहिले पनि राजतन्त्र फर्काउन सकिन्छ कि भनेर तानावाना बुनिरहेको जिकिर गर्दै उनले पूर्ववर्ती सरकारले चालेको असंवैधानिक कदमलाई अदालतले सच्याइसकेपछि पनि केहीलाई पीडा हुनुलाई आफूहरुले स्वाभाविक रुपमा बुझेको बताए ।