क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्छुः पारस खड्का

काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताएका छन् ।

 

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै पारसले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको बताए । क्रिकेट संघको कुन भूमिका रहने भन्ने कुरा भविष्यमा तय हुने बताउँदै उनले भने, ‘आजबाट मेरो करियर सुरु भएको छ । यो चुनौतिपूर्ण छ ।’

 

उनले आगामी दिनमा क्रिकेटलाई कसरी राम्रो गर्न सकिन्छ भनेर क्यानसहितका अधिकारीलाई आइडिया दिनसक्ने भन्दै आगामी दिनमा मौका मिलेमा क्यानमा कुनै भूमिका निर्वाह गर्न सक्ने पनि बताए ।

 

छिट्टै क्रिकेट एकेडेमी लन्च गर्न लागेको जानकारी दिँदै उनले त्यसलाई नेपालभर लिएर जाने पनि बताए ।