नगरभित्रका जनताको थाप्लोको नाम्लो छुटाउने काम गरेको छु : मेयर लाल ब.महतारा

 

छेडागाड नगरपालिका, जाजरकोटका मेयर लाल बहादुर महतारालाई सहकर्मी जयन्ती बडुवालले समसामयीक विषयमा सोधिएका  केहि प्रश्नहरू :-

 

१. तपाईले मेयरमा निर्वाचित भए लगतै नगरपालिकामा पहिलो चरणमा के -के काम गर्नु भयो ? 

 

छेडागाड नगरपालिकामा आधारभुत संरचनाहरू केही पनि नभएकाे अवस्थामा म नगर प्रमुखमा निर्वाचित भएकाे थिए। अहिले नगरपालिका भित्र सबै खाले संरचनाहरू तयार पारेकाे छु। म निर्वाचित भैसके पछि त्यहाँका आधाभूत मापदण्ड पुरा गर्ने योजनाहरूका साथ अगाडि बढेकाे छु।आगामी आउने दिनमा पनि नगर भित्र रहेका जनताकाे लागि सधैं काम  गरिरहने प्रतिबद्धता जाहेर गर्दछु।

 

त्यतिबेला बाटो थिएन्, अहिले हामीले सबै वडामा बाटोको पहुच निर्माण गरेका छौँ । त्यतिबेला क्याम्पस नाम मात्रको थियो,भने क्याम्पसका भौतिक पूर्वाधार केहि पनि थिएन्, अहिले भौतिकपूर्वाधार सहितको क्याम्पसको अस्तित्व निर्माण गरेकाे छु।

त्यतिबेला विद्यालका संरचनाहरू गएगुर्जेका र भत्केका अवस्थामा थिए, अहिले ति सबैको पुनःनिर्माण गर्ने काेशिष गरि रहेकाे छु।

 

 

त्यस्तै खाने पानीको सन्दर्भमा ग्रामिण क्षेत्रमा बसाेबास गर्ने बासिन्दाले शुद्ध खानेपानी पिउन पाइराखेका थिएनन् र प्रकृतिक ढङ्गेधारा कै पानी पिउन बाध्य अवस्थामा रहेका सबै बासिन्दाहरूलाइ अहिले एक घर एक धारा भन्ने नाराका साथ शुद्ध खानेपानीकाे व्यवस्था गरेकाे छु।   

 

यसको सँगसँगै कृषि क्षेत्रमा अधुनिकीकरण गर्ने कुरालाई जाेड दिएर एउटा वडामा,एउटा समुह र एउटा समूहलाइ एउटा  प्रविधि हस्तान्तरण गर्ने कार्यक्रमका साथ हामीले कृषकहरूलाइ उत्साहित गर्ने उदेश्यका साथ अगाडि बढि रहेका छाैं। 

 

 

 त्यस्तै त्यतिबेला १३ वटा वडामा सात वटा मात्रै स्वास्थ्य चौकि थिए भने अहिले मैले १६ वटा वडाहरूमा सामुदायिक स्वास्थ्य केन्द्रहरूमा केही निर्माण गरेरकाे छु,भने केही निर्माणाधीन अवस्थामा रहेका छन्।एउटा अस्पताललाई नगर अस्पतालको रूपमा सञ्चालन गरेर अगाडि बढाएकाे छु ।

 

विद्युतको कुनै पनि गुञ्जाएस थिएन्,अहिले दूई वटा वडामा वत्ति बाल्न सफल भएकाे छु । त्यसैले बिस्तारै नगरपालिकाका भित्र चाहिने आधारभुत आवश्यकताहरू पुरा गर्दै जाने प्रतिबद्धताका साथ अगाडि बढिरहेकाे छु। 

 

२. तपाईको नगरमा यो वर्ष प्रमुख प्राथामिकतामा परेका विकासका योजनाहरू के -के छन् ?

मैले याे बर्ष पनि शिक्षा ,स्वास्थ्य,कृषि,सडक र विद्युतलगाएतका विषयलाइ नै प्रमुख प्राथमिकतामा राखेकाे छु। अहिलेकाे याे काेराेना भाइरसकाे संक्रमणले अझै विशेष प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाइ नै राखेकाे छु। आगामी आउने दिनहरूमा पनि विकासका गतिविधिहरूलाइ अगाडी बढाइ राख्ने छु।

 

 त्यस्तै पहिलो प्राथमिकतामा जनताको स्वास्थ्य सुरक्षा कसरी गर्ने भन्ने कुरा सोची रहेका छु । त्यसैले कोभिडबाट सुरक्षित रहनका लागि चाहिने पूर्वाधारहरू निर्माण गर्न म सधैं प्रयात्नशील रहदै आएकाे छु।  

 

३.तपाईको नगरपालिकामा अहिलेसम्म  कोरोना संक्रमणको अवस्था कस्तो छ ?

मेराे नगरपालिकामा पहिलेकाे भन्दा अहिले कोरोना संक्रमितहरूको संख्या घटदै गएकाे छ,भने अघिल्ला दिनहरूमा डर लाग्दो रप्तारमा अगाडि बढिरहेको काेराेना संक्रमण अहिले विस्तारै कम हुँदै गइरहेकाे अवस्थामा रहेकाे छ। अहिले त्यो चाप घटि रहेको हामीले देखिरहेका छाैं।

 

अहिले हाम्राे नगरपालिकामा मात्र नभएर देशभर र विश्वभर फैलिएकाे काेराेना संक्रमणले हाम्राे अवस्था मात्र हाेइन सबैकाे अवस्था उतिकै बिगारेकाे छ। 

 

हाम्राे नागरपालिकाले विभिन्न किसिमका जनचेतना मूलक सन्देशहरू प्रवाहा गर्दै नागरिकहरूलाइ सचेत बनाउने काम पनि गरिरहेकाे छ। पहिला काेराेनाबाट खुबै डराउने नागरिकहरू अहिले सरसफाइदेखि अन्य कुरामा पनि ध्यान दिन थालेका छन्।  त्यस्तै अहिले कोरोना डराइ रहेको हामीहरूलाइ पनि महसुस हुन थालेकाे छ । 

 

नगरपालिका भित्र रहेका जनताकाे स्वास्थ्यकाे लागि जस्ताे सुकै पनि कदम चाल्न तयार रहेकाे सबै नगरबासि दाजुभइ दिदिबहिनीहरूलाइ जानकारी गराउन चाहान्छु। अहिलेकाे याे अवस्थामा मात्र नभइ सधैं नगरबासिकाे सेवा गरिहने छु। 

 

 ४. थप संक्रमण वृद्वि हुन नदिन नगरपालिकाको योजना के छ ?

अहँ.. विशेषगरि अहिलेको यो वर्षका सबै आयोजनाहरूमा भन्दा पहिलो प्रथामिकता भनेकै कोभिड विरूद्वको लडाइलाई हामीले राखेका छौँ  । 

 

नगरपालिकाले थप संक्रमण वृद्धि हुन नदिनकाे लगि जनतालाइ सचेत बनाउन विभिन्न माध्याम प्रयाेग गर्दै जनचेतना फैलाउने कार्यक्रम गर्दै आएकाे छ। 

 

अहिले यसको पूर्व तयारी गर्ने प्रत्येक सामुदायक स्वास्थ्य केन्द्रदेखि लिएर अस्पातालसम्म कोभिड विरूद्वको लडाइमा जुध्ने स्वास्थ्यकर्मीहरूको तैनाथिकरण गर्ने, त्यसका लागि चाहिँने आधारभुत औँषधिहरूको बन्दोबस्त गर्ने, त्यसपछि जनचेतनाका कामहरू अगाडि बढाउने ,अस्पतालमा अक्सिजन ग्यासका सिलिण्डरहरू र आधारभुत स्वास्थ्य सुरक्षाका सामग्रीको बन्दोबस्त गरेर जुनसुकै बेला आपतकालीन परिस्थितिमा आधारभुत सेवाहरू कमजोर नहोस् भन्नका लागि नागरपालिकाले अहिलेदेखी नै व्यवस्थापन गरिहेकाे छ। 

 

५. तपाईले नगरको नेतृत्व लिएको लगभग पाँच वर्ष भएको छ । महत्वपूर्ण कामहरू के के गर्नुभयो ?

 

म निर्वाचित हुने बेला नै मैले घाेषणा गरेकाे थिए,समृद्विको कुरा गर्दा पनि सबै कुरा थाप्लो मै बोकेर पुरा हुन सक्दैन, त्यसैले हाम्रो पहिलो कुरा, थाप्लोको नाम्लो छुटाउने कुरा थियो । त्याे अहिले पुरा हुँदै गएकाे छ।  नगरबासिलाइ त्याे बेला मैले जे प्रतिबद्धता गरेकाे थिए त्याे अहिले विस्तारै पुरा गर्दै आएकाे छु ।बाँकी रहेका कामहरू पनि मेराे कार्यकाल भित्र पुरा गर्ने काेशिषमा  रहेकाे छु । अवश्य एक दिन मेरा सबै बाचाहरू पुरा गर्ने मेरा नगरबासि सबैमा फेरि पनि प्रतिबद्धता जाहेर गर्न चाहान्छु। 

 

 

म निर्वाचित भएदेखी नगर भित्रका १३ वटै वडाहरूमा सडककाे बन्दोबस्त गरेकाे छु । त्यस्तै एउटा विद्यालय एउटा खेल मैदान बनाएकाे छु।केही निर्माण भैसकेका छन्,भने केही निर्माणाधीन रहेका छन्।हामीले झण्डै १०२ वटा विद्यलयहरूमध्यमा केहि विद्यलयहरूमा खेलमैदानसहित बालवालिकाकाे लागि सुरक्षित विद्यालयहरू निर्माण गरेका छाैं।  पुराना स्कुलहरूलाई पूर्णनिर्माण गरि आधुनिक मोडलबाट नयाँ  संरचना निर्माण गरेका छाैं भने केहीमा काम अगाडि बढाइसकेका छाैं।   

६.तपाईले नगरभित्रका शिक्षाबाट बञ्चित बालबालिलाई प्रोत्सान गर्ने काम केहि गर्नु भयो ?

शिक्षाबाट बञ्चित बालवालिकाहरूकाे लागि पहिले ६६ वटा बालविकास केन्द्रहरू  मात्र थिए भने अहिले म निर्वाचित भएर आएपछि  थप ५० वटा बालविकास केन्द्रहरू थपेर ११६ वटा पुगाएकाे छु। 

 

 बालविकास केन्द्रलाइ सहयोगीहरूको माध्यमबाट र नगरपालिकाकाे केही सहयाेगमा उनीहरूलाई व्यवस्थापन गर्ने काम गरेका छौँ ।

 

 

असाहय टुहुरा बालबालिका, विभिन्न आर्थिक सामाजिक रूपले  शिक्षाबाट वञ्चित बालबालिकालाई पोषण भत्ता र छात्रवृत्ति दिएर बालवालिकाकाे भविष्य सुरक्षित गर्ने कुराको ग्यारेण्टी नगरपालिकाले लिएकाे छ।

 

 

अझै नगरभित्र रहेका त्यस्ता बालवालिकाहरूलाइ नगरपालिकाले आगामी आउने दिनहरूमा पनि सहयाेग गर्दै जाने प्रतिबद्धता जनाउन चाहान्छु। 

 

७.तपाईले नगरभित्र रहेका किसानहरूलाई प्रोत्सान गर्ने त्यस्तो केहि योजना ल्याउनु भयो ?

नगरपालिकाले कृषकलाइ आत्मनिभर बनाउने उदेश्यका साथ विशेषगरि कृषिलाई अब योजनावद्ध ढङ्गले अगाडि बढाउने र व्यवसायीकरण गरेर जाने कुरालाइ प्रथामिकतामा राखेकाे छु।

 

 

व्यवसाय गर्ने उदेश्यका साथ लागेका किसानहरूलाई सहकारीका माध्यमबाट प्रोत्सान स्वरूप  २/३ लाखदेखी बढीमा ५ लाखसम्मकाे अनुदान रकम दिने गरिएकाे छ।  

 

 

अहिले कृषकहरूलाई नगरपालिकाले विभिन्न किसिमका बिउविजन उपलब्ध गराउदै आएको छ,भने जस्तैः नर्सरी,  लसुन, कागती  र आलु खेतीसहित माछापालन र बाख्रपालन गर्ने कृषकहरूलाइ पनि नगरपालिकाले सहयाेग गर्दै आएकाे छ। त्यस्तै कृषकहरूलाइ प्राेत्सान गर्न आलुकाे लागि कोलिस्टोरको समेत व्यवस्था गरिएकाे छ। 

 

 

 

 नगर भित्र रहेका कृषकहरूलाइ आउने दिनमा पनि नागरपालिकाकाे साथ सहयाेग रहिरहने छ, र नगर भित्र उत्पादन भएका सामानहरू खपत हुन नसकेमा  नागरपालिकाले त्यस्ता कृषकहरूलाइ सहजिकरण गरेर खपत गर्ने वातावरण मिलाइ दिइने छ। 

 

८.अन्तमा तपाईका मनमा लागेका केही  कुराहरू र भन्नै पर्ने छुटेका केही भए,भनि दिनुस् ?

 

मेरो कार्यकालमा भएका  विकासका कामहरूलाई निरन्तरता दिदैं सवृद्ध नगर र सुखी नगरबासी बनाउने एक मात्र लक्ष्य रहेको सम्पूर्ण नगरबासिहरूलाइ फेरि पनि प्रतिबद्धता जाहेर गर्दछु। अन्त्यमा मेरा महत्वपूर्ण विचार राख्ने अवस दिएकोमा हाम्राे अनलाइनलाइ विशेष धन्यवाद !