एकैदिन ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

काठमाडौं । देशभर थप ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ११३२ जना गरी ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार देशभर ३५ जनाको  संक्रमणबाट मृत्यु  भएको छन् ।

 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ जना रहेका छन् । जसमध्ये ३० हजार २७० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१४ जना आईसीयू र १५६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 

१० वर्ष मुनिका ७१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २५५ जनामा कोरोना संक्रमण देखिएको छ ।