दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष पक्राउ

काठमाडौँ । युवकलाई दाम्लाले बाँधेर कुटपिट गर्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् ।

 

उनले साउन १५ गते सोही ठाउँका स्थानीय युवक सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले कुटपिट गरेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

 

स्थानीय युवालाई कुटेको भिडियोका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ । जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो ।

 

प्रहरीका अनुसार पीडित युवालाई पनि जिल्लामा बोलाइएको छ ।