सरकारले एमसीसी तत्काल खारेज नगरे संघर्षमा उत्रिने सीपी गजुरेको चेतावनी

काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकारले तत्काल खारेज नगरे संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।

 

उनले बिहीबार होटेल उडल्यान्ड दरबार मार्ग, काठमाण्डौमा अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले आयोजना गरेको राष्ट्रिय स्वाधीनता र एमसीसी परियोजना विषयक अन्तरक्रिया कार्यक्रममा सरकारले नाटकिय रूपमा जनतालाई छलेर एमसीसी पारित गर्न खोजेको भन्दैँ त्यसलाई खारेज नगरे संघर्षमा उत्रिने चेतावनी दिएका हुन् । 

 

साथैँ, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले भारतले सधैजसो नेपाली भूमिमा आफ्नो अधिकार लाद्न खोजेको भन्दै सरकारलाइ सो काम रोक्न माग गरे  । उनले जयसिंह धामीलाई न्याय दिन सरकारले ढिला गरेको बताए । त्यस्तै, अमेरिकासँग देउवा सरकार र अन्य केही व्यक्तिहरूको साठगाठ रहेको उनले दाबी समेत गरे ।

 

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले अमेरिकाले सैनिक सङ्गठनमार्फत रूसी कम्युनिष्टलाई सखाप पारेर साम्रराज्यवाद स्थापना गर्न खोजेको आरोप लगाएका छन् । उनले नेपालमा यसको आवश्यकता नभएको दाबी गर्दै कसैकसैले यसलाई संशोधन गरेर संसदबाट पारित गर्ने भनेका छन् । तर, हामीले नेपाललाई सुरक्षित राख्नका लागि जस्तोसुकै बलिदान दिन पनि तयार रहेको बताए ।

 


साथै, नेकपा माओवादि केन्द्रका स्थायी समितीका सदस्य लिलामणि पोखरेलले अमेरिकाले नेपाललाइ प्रयोग गरेर युद्वका सामाग्रिहरू ओसार – पसार गर्न खोजेको बताए । यस्तै, उनले एमसीसी तत्काल खारेज गर्न सरकारलाई चेतावनी दिएका थिए ।

सो अन्तरक्रिया कार्यक्रममा नेताहरूले सयुक्त रूपमा एमसीसीको खारेज गर्न सरकारलाई माग गरेका थिए ।