बालुवाटारमा कार्यदलले बुझायो तीनवटा ‘डकुमेन्ट’

काठमाडाैँ । सत्तारुढ गठबन्धनको सात सदस्यीय कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा तीनवटा दस्तावेज बुझाएको छ । शुक्रबार बिहान कार्यदलका अध्यक्ष पूर्णबहादुर खड्का नेतृत्वको टोलीले बालुवाटारमा सरकारको साझा न्यूनतम कार्यक्रम, सरकार सञ्चालनसम्बन्धी कार्यविधि र मन्त्रीहरुको आचार संहिता बुझाएको हो ।

 

कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरुलाई सरकार सञ्चालनसम्बन्धी कार्यविधि, न्यूनतम साझा कार्यक्रम र मन्त्रीहरुको आचार संहिताको मस्यौदा बुझाएको हो ।

 

यी दस्तावेजहरूलाई अन्तिम रुप दिई शीर्ष नेताहरुले हस्ताक्षर गरेर सार्वजनिक गरिने बताइएको छ ।