माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

 

काठमाडौँ । । नेकपा एमाले माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज पनि बस्ने तयारीमा छ । आज बिहान साढे ११ बजेपछि नयाँबानेश्वरको बुद्ध नगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु हुने छ ।

 

बिहीबारको बैठकमा धारणा राखेका एक दर्जन केन्द्रीय सदस्यबाट पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव आएको छ ।

 

वरिष्ठ नेता माधव नेपालको सम्बोधन र विघटित कार्यदलका संयोजक भीम रावलको ब्रिफिङपछि केन्द्रीय सदस्यले धारण राख्ने क्रम सुरु भएको थियो ।