पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा सुन प्रतितोला ५०० रुपैयाँले घट्दै शुक्रबार ९१ हजार ५०० रुपैयाँमा झरेको हो ।

 

यस्तै, आज तेजाबी सुनको मूल्य समेत ५०० रुपैयाँले नै घट्दै ९१ हजार रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

 

यता, चाँदीको मूल्य समेत अधिकतम २० रुपैयाँले घट्दै विहीबार प्रतितोला एक हजार २६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।