नागढुंगाबाट लागुऔषधसहित एक व्यक्ति पक्राउ

काठमाडौँ । प्रहरीले नागढुंगा नाकाबाट लागुऔषधसहित १ व्यक्तिलाई पक्राउ गरेको छ ।

 

शुक्रबार बिहान महानगरीय प्रभाव नागढुंगाबाट खटिएको प्रहरी टोलीले धादिङबाट काठमाडौं आइरहेको बा ४ ख ४४४७ नम्बरको बसमा सवार सञ्जय लामालाई पक्राउ गरेको हो ।

 

लामाको साथबाट प्रहरीले केही लागुऔषध बरामद गरेको जनाएको छ । लामा उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।