माधव पक्षको स्थायी समिति बैठक सकियो

काठमाडौँ । नेकपा एमाले माधव नेपाल पक्षको स्थायी समिति बैठक सकिएको छ । काठमाडौँको बुद्धनगरमा बसेको बैठक केहीबेर अघि सकिएको हो । बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको थियो ।

 

बैठकमा फेरि बस्ने केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा नेतृत्वले समष्टीगत रुपमा जवाफ दिने बारे छलफल भएको थियो ।