ओलीले जति गाली गरे पनि म पार्टी एकताकै पक्षमा छु : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताएका छन् । आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी एकतामा जोड दिएका हुन् ।

 

‘केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु । केपी ओलीले हामीलाई अल्मल्याउन खोजेको त होइन भन्ने धेरै साथीको आशंका छ। तर म त्यस्तो नहोला भन्ठानेर एकतामा जोड दिन चाहन्छु।’ उनले भने ।