बिहान उठ्न साह्रै गाह्रो हुन्छ ? यस्ता उपायहरु अपनाउनुहोस् ,

काठमाडौं। दिनभर कामको व्यस्तता तथा थकानको कारण हामीलाई चाँडै निद्रा लाग्छ र बिहान ढिलासम्म निद्रा खुल्दैन । विहान सबेरै उठ्नाले स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।

 

 

यति जान्दाजान्दै पनि हामी बिहान उठ्न गाह्रो मान्छौं । तर यदि हामी बिहान सबेरै उठ्दैनौं भने कसरी हामी आफ्नो सबै कामहरू समयमै पूरा गर्न सक्दैनौं ।

 

 

विहान चाँडै उठ्नमा मद्दत पुग्नेछ जसले जिउ चंगामात्र होइन, जीवनको यो दर्शन हुनेछ ।

 

-सुत्‍नु भन्दा कम्तिमा २ घण्टा अघिसम्म तपाईको आँखामा निलो प्रकाश फाल्‍ने कुनै पनि मेशिन वा उपकरण प्रयोग नगर्नुहोस्। यो पनि निन्द्रा नलाग्‍नुको प्रमुख कारण हो ।

 

 

-अर्लामलाई आफुभन्दा यति धेरै टाढा राख्नुस् कि आवाज मात्र सुन्नियोस् र त्यसलाई बन्द गर्न आफैँ उठ्नुपरोस् ।

 

 

-सुत्‍नुअघि आफूलाई केही आराम दिनुहोस् । पुस्तकहरू पढ्नुहोस् वा राम्रोसँग नुहाउनुहोस् । तपाईंको शरीरलाई थकान दिने वा तपाईंलाई अनिन्द्रामा पार्ने खालका कुनै पनि काम नगर्नुहोस् ।

 

 

-रातको समयमा प्रोटिनयुक्त तथा क्षमताभन्दा बढि खानेकुरा नखानुहोस् । धेरै खाना खाएमा निद्रा चाँडो आउँछ र विहान ढिलासम्म सुत्ने हुन्छ ।

 

 

-सुत्नुअघि विद्युतिय सामान ओछ्यानबाट टाढा राख्नुहोस् । राती सुत्दाखेरी मोवाइल तथा ल्यापटमसंगै राखेर तथा चलाएर ओछ्यानमा बस्नाले निद्रा हराउँछ ।

 

 

-हरेक दिन विहान व्यायाम गर्नाले तपाईको शरीरलाई स्वस्थ बनाउँदछ र वजन पनि कम हुन्छ, त्यसैगरी यसले हाम्रो निन्द्रा पनि सुधार गर्दछ। अनिद्रा, चिन्ता, र डिप्रेसन भएका मानिसहरूलाई पनि यसले राम्रो प्रभाव पार्छ ।

 

 

-राती अबेरसम्म बसेर काम नगर्नुहोस, यसले निन्द्रामात्र होइन मेरूदण्डमा पनि असर पुर्याउँछ ।