सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकारलाई बुझाएको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरिएको छ ।

 

सिंहदरबारमा अपराह्न ४ बजेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

 

कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएको थियो । तर सो कार्यक्रम सार्वजनिक भने गरिएको थिएन् ।