ट्याङ्करले ठक्कर दिँदा एकको मृत्यु

काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।

 

सुनसरीको चतराबाट दर्शन गरी फर्कँदै गरेको ना४ख २८०० नम्बरको बसबाट ओर्लेर बाटो काट्ने क्रममा राति ९ बजे ना४ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

 

खाजा खानका लागि बस रोकिरहेको अवस्थामा बसबाट ओर्लेर बाटो काटिरहेकी महिलालाई पूर्वबाट पश्चिम जाँदै गरेको ट्याङ्करले ठक्कर दिएको थियो ।

 

घाइते गिरीलाई उपचारका लागि रुपनी गाउँपालिकास्थित युनिक अस्पताल पु७थभलसयाएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ काफ्लेले बताए । ठक्कर दिने ट्याङ्कर र चालक मोरङ विराटनगर महानगरपालिका–४ खाडीकोबरा बस्ने ४५ वर्षीय गणेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।