सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बिहान साढे ११ बजेदेखि छलफल जारी छ ।

 

छलफलमा काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता छन् ।  उनीहरुबीच पाँच दलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन गठित काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भइरहेको बुझिएको छ ।

 

गठबन्धनको सात सदस्यीय कार्यदलले शुक्रबार सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि शीर्ष नेतालाई बुझाएको थियो ।