तीन दिने पत्रकार आचारसंहिता तालिम आज सम्पन्न

 

काठमाडौँ । बागमती प्रदेशका क्रियाशील पत्रकारहरूका लागि तीन दिने आचारसंहिता तालिम कार्यक्रम सम्पन्न भएको छ । तुलसादेवी हरिहर फाउण्डेसनको आयोजनमा साउन २२ गते नेपाल पत्रकार महासंघको सभाहलमा सुरू भएको सो कार्यक्रम २४ गते आज सम्पन्न भएको हो ।

 

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयको सहयोगमा सुरू भएको यो तालिम कार्यक्रम बागमती प्रदेशका क्रियाशील पत्रकारहरूलाई समेटेर काठमाडौँमा सञ्चालन भएको थियो । कम्तिमा २० जना क्रियाशील पत्रकारहरूको सहभागितामा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरेर कार्यक्रम सञ्चालन गरिएको थियो ।