देशभर २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

 

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार १९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।

 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना पुगेको छ । यस्तै एन्टिजेनबाट ६८ हजार ४७८ पुगेको छ ।

 

संक्रमितमध्ये हालसम्म ६ लाख ६९ हजार २९९ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या १ हजार ९३ जना पुगेको छ ।

 

हाल देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । देशभर सक्रिय संक्रमित ३५ हजार बढी रहेका छन् ।