सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक

 

काठमाडौँ । सत्तारुढ गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ।

 

सिंहदरबारमा आज प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका शीर्ष नेता तथा मन्त्रीहरूको उपस्थितिमा न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ।

 

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले सरकारका न्युनतम साझा कार्यक्रम निर्माण गरेको थियो। खड्काले नै साझा कार्यक्रम सार्वजनिक गरेका हुन्।