कोरोना जस्तै प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले कोरोना जस्तै प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्ने शंका व्यक्त गरेका छन् ।

 

आइतबार राति ट्विट गर्दै भट्टराईले असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा ‘अर्ली इलेक्सन’ भेरिएन्ट आउनसक्ने बताएका हुन् । ‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ उनले लेखेका छन् ।

 

पहिलो भेरिएन्टले संविधानको सशरीर हत्या गर्नै लागेको र दोश्रोले संविधानको आत्मा मार्ने गरी आउनसक्ने उनको भनाइ छ । अध्यक्ष भट्टराईले अहिले नै ढुक्क भएर आ -आफ्ना पार्टी वा गुटतिर नफर्कन नेताहरुलाई सुझावसमेत दिएका छन् ।