कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिको भेला ठमेलमा जारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंको ठमेलस्थित एक होटेलमा जारी छ ।

 

कांग्रेसको १४औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर छलफलमा जुटेका हुन् ।

 

सो भेलामा ४७ जना जिल्ला सभापतिहरु सहभागी भएका छन् । नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीका अनुसार ३५ जना भौतिक उपस्थितिमा र १२ जना भर्चुअल रुपमा सहभागी भएका छन् ।