तुलसीलाल प्रतिष्ठानमा एमालेको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको स्थायी कमिटी बैठकले विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने बताइएको छ ।

 

ओली पक्षको यसअघि नै बसेको स्थायी कमिटी बैठकले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा प्रस्ताव पारित गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

 

स्थायी समिति बैठकपछि तुलसीलाल स्मृति प्रतिष्ठानमै एमाले केन्द्रीय समिति बैठक बस्नेछ । बैठकमा माधव नेपाल पक्षीय केन्द्रीय सदस्यहरु भने सहभागी नहुने भएका छन् ।