सोमबार थप एक हजारले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा सोमबार भारी गिरावट आएको छ । आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजारले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा झरेको हो ।

 

यस्तै, चाँदीको मूल्य समेत आइतबारको मूल्यमा थप २५ रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २१५ रुपैयाँ कायम भएको छ । आइतबार बजारमा चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।