मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्दै

 

काठमाडौँ । मन्त्रिपरिषद बैठक बस्ने भएको छ । सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको मन्त्रिपरिषद बैठकमा हिजो मात्रै सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममाथि छलफल गर्नुका साथै त्यसको कार्यान्वयनका लागि आवश्यक निर्णय हुने छ ।

 

साथै बैठकमा केही राजनीतिक नियुक्तिबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए । ‘बैठकका एजेण्डा खुलाइएको छैन । नियमित कामका लागि केही महत्वपुर्ण निर्णय हुनसक्छन्’ ती मन्त्रीको भनाइ छ ।