भूमिसम्बन्धी आयोग खारेज नगर्न सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

 

 सरकारले विघटन गरेको भूमि आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

 

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने सन्दर्भमा छलफलका लागि दुवै पक्षलाई भदौ १ गते बोलाएको छ ।

 

शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ साउनमा देवी ज्ञवाली अध्यक्ष रहेको आयोग खारेज गर्ने निर्णय गरेको थियो ।