देशभर थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ पीसीआर परीक्षण गर्दा २ हजार ६०९ र ६ हजार १४९ एन्टीजेन परीक्षण गर्दा १०४२ गरी ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १ हजार ७८४ जना निको भएका छन् ।